Logo
Logo

एसएसपी जोशी बने उत्कृष्ट प्रहरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) उमेशराज जोशी यो वर्षको उत्कृष्ट प्रहरी कर्मचारी बनेका छन् । ६४ औं प्रहरी दिवसको अवसरमा उनलाई सो पुरस्कार दिइएको छ ।


प्रहरीको इन्टरपोल शाखाका प्रमुखका रुपमा प्रहरीको इज्जत बढाउने गरी काम गरेकोमा उनी पुरस्कृत भएका हुन् । उनले पहलमा एक दर्जन भन्दा धेरै व्यक्तिलाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको छ । जसको इन्टरपोलबाट समेत प्रशंसा भएको छ ।
त्यस्तै प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दलाई पुर्णशान्ति पुरस्कार दिइएको छ । महानगरीय अपराध महाशाखामा कार्यरत उनले केही ठूला घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्