Logo
Logo

कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट


945
Shares

काठमाडौं । कालिञ्चोक दर्शनको आइपिओ बिहीबार (आज) बिहान बाँडफाँट भएको छ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको उक्त आइपीहो बाँडफाँटमा गोलाप्रथामार्फत ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आइपिओका लागि कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएकोमा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा छुट्याएको छ ।

सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणमा वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्