काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा आजबाट सुरू भएको अभिमुखीकरण कार्यक्रम भोलि शुक्रबारसम्म चल्नेछ ।

संघीय संसद सचिवालयले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, प्रणाली बजेट निर्माण कानून निर्माण जस्ता बिषयमा नवनिर्वाचित सांसदहरुलाई जानकारी र तालिम राखिएको संसद सचिवालयले जनाएको छ । सांसदहरुलाई तालिमका लागि विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको संसद सचिवालयले जनाएको छ ।














