Logo
Logo

प्रहरीका सुविधा थपिए, सन्ततीलाई सहुलियतपूर्ण शैक्षिक कर्जा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
प्रहरीका सन्ततीले सहुलियतपूर्ण ब्याजमा शैक्षिक कर्जा पाउने भएका छन् । वहालवाला तथा अवकास प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरुलाई चिकित्सा शास्त्र, ईन्जिनियरिङ, सुचना प्रविधि, कृर्षी र वन बिज्ञान जस्ता प्राविधिक बिषयहरुमा अध्ययन गर्न सहयोग पुर्याउन सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराईने घोषणा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन् ।

६४ औँ प्रहरी दिवसको अवसरमा पारेर शुक्रार महानिरीक्षक खनालले ५ बुँदे कल्याणकारी योजना घोषणा गरेका हुन्

आईजिपीको पाँच बुँदे घोषणा
१.नेपाल प्रहरी अस्पतालमा जेष्ठ प्रहरी उपचार आश्रयस्थल भवन निर्माण स् काठमाडौं वाहिरबाट उपचारको लागि आउने पूर्व प्रहरी कर्मचारीहरूलाई उपचार अवधिभरि वासस्थानको व्यवस्था गर्न नेपाल प्रहरी अस्पताल हाताभित्र ज्येष्ठ प्रहरी आश्रयस्थल भवन निर्माण गरिने छ ।

२. सहिद प्रहरी परिवारको छोरीको विवाहको लागि विवाह अनुदान स् नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको शिलशिलामा वीरगती प्राप्त सहिद प्रहरीका सन्ततिहरू मध्ये एक जना छोरीको शुभ बिवाहमा संस्थागत अविभावकत्व बहन गर्दै प्रहरी कल्याण कोषबाट रु.३० हजार अनुदान उपलब्ध गराईने छ ।

३. प्रहरी सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियतपूर्ण ऋण सुविधा स् वहालवाला तथा अवकास प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरुलाई चिकित्सा शास्त्र, ईन्जिनियरिङ, सुचना प्रविधि, कृर्षी र वन बिज्ञान जस्ता प्राविधिक बिषयहरुमा अध्ययन गर्न सहयोग पुर्याउन सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराईने छ ।
४. वहालवला प्रहरीका सन्ततीहरुलाई निस्शुल्क शिक्षा स् बहालवाला प्रहरी जवान, प्रहरी हवल्दार तथा जुनियर प्रहरी अधिकृतका एक जना छोरीलाई माध्यामिक तहसम्मको शिक्षा निस्शुल्क गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रकृया अगाडी बढाईने छ ।

५. औषधी उपचारमा थप सहयोग स् अवकाश प्राप्त प्रहरी कर्मचारीहरुलाई मुटु, मृगौला, क्यान्सर जस्ता गम्भीर रोग लागेको अवस्थामा औषधी उपचारमा सहयोग पुर्यारउन नेपाल प्रहरी अस्पताल मेडिकल बोर्डको सिफारिसमा रु.१ लाख सम्म अनुदान उपलब्ध गराउदै आईरहेकोमा सोही किसिमका रोगहरुबाट पीडित बहालवाला प्रहरी कर्मचारीहरुलाई समेत यही प्रकृयाबाट रु.१ लाखसम्म औषधी उपचार अनुदान उपलब्ध गराईने छ ।

प्रतिक्रिया दिनुहोस्