काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । सरकारमा सहभागिताका विषयमा निर्णय गर्न अहिले अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बोलाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार सरकारमा सहभागिताका विषयमा निर्णय गर्न बैठक बोलाएको हो । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा समेत छलफल हुने उनले बताएका छन् ।
पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सकरात्मक सन्देश नपाएकाले अब नयाँ शिराबाट अगाडि जान सक्ने उनको भनाइ छ ।














