Logo
Logo

सरकारबाट बाहिरिने रास्वपाको संकेत


3.3k
Shares

काठमाडौं । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने संकेत गरेको छ । सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने संकेत गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अब मौन नबस्ने बताएका छन् । लामिछानेले आफू अभिमन्यु नभएको पनि बताएका छन् ।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन । त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो ।

उनले लखेका छन्– ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि साढे चार बजे बस्दैछ । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्दैछ ।

आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्