काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा बसेको हो ।

दिउँसो तीन बजे बस्ने भनिएको बैठक प्राविधिक कारणले डेढ घन्टापछि सारिएको थियो । आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ ।














