Logo
Logo

रास्वपाले धैर्य गर्नुको विकल्प छैन : माओवादी केन्द्र


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तत्काल गहृमन्त्रीको आश नगर्न अनुरोध गरेको छ ।

माओवादी स्थायी कमिटी बैठकपश्चात् बिहीबार सञ्चारकर्मीहरुसँग बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले रास्वपाले धैर्य गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो धारणा हिजो नै मैले भनिसकेँ । रविजीले धैर्यता गर्नुपर्छ । किनभने, विषय सकिएको छैन । फैसलाको पूर्णपाठ आएको छैन ।’

एमाले अध्यक्ष ओलीले रास्वपाले गृहमन्त्रालय पाउनुपर्छ भन्नुभएका छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो उहाँको भनाइ हो । तर, त्यो भनाइले सत्ता गठबन्धनमा कुनै समस्या पैदा भएको छैन ।’

माओवादीले यसअघि नै रवि लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नभएसम्म गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने बताइसकेको छ । तर, गृहमन्त्रालय प्रधानमन्त्रीले आफूहरुलाई नदिने संकेत पाएपछि अहिले रास्वपाको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्