काठमाडौं, २४ असोज ।
कृष्णबहादुर महराको यौनकाण्डमा फेरी नयाँ मोड आएको छ । पीडित युवतीले फेरि कुरा फेरकी छिन् । आफूलाई बन्धक बनाएर महराविरुद्ध उजुरी दिन लगाएको उनको आरोप छ ।
शुक्रबार बिज्ञप्ती निकाल्दै महरा आफ्नो डेरामा नआएको र मिडियामा गलत कुराहरु बाहिर आएको उनको भनाई छ । आफ्नोबारेमा जभाभावी लेख्नेहरुलाई मानहानीको मुद्दा हाल्ने उनले चेतावनी दिएकी छिन् ।
राेशनीकाे बिज्ञप्ती –
उनकै उजुरीका आधारमा गत १९ गते महरालाई प्रहरीले पक्राउ गरेको थियो । १२ असोजमा आफ्नो डेरामा आएर महराले बलात्कार प्रयास गरेको उनको भनाई थियो । त्यसयता उनले निरन्तर कुरा फेर्दै आएकी छिन् ।