Logo
Logo

इराक मिसनमा रहेका प्रमुख सेनानी माधव थापामाथि अत्याचारको आरोप



काठमाडौं । इराक मिसनमा रहेका प्रमुख सेनानी माधव थापाले मिसनमा रहेका सैनिकहरूमाथि अत्याचार गरेको आरोप लागेको छ । 

थापाले मिसनमा रहेका सैनिकहरूलाई अनावश्यक यातना दिने, शौचालयमा प्रयोग गरिने पानीले नै नुहाउन, भाडा माझ्न लगाउनेदेखि अन्य अस्वस्थकर गतिविधिमा संलग्न गराउने गरेको आरोप मिसनमा खटिएका सैनिकहरूले लगाएका छन् ।

तर, सैनिकहरू खुलेर उनीविरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । प्रमुख सेनानीविरुद्ध खुलेर विरोध गरे जागिर नै खोसिदिने डरले आफूहरूले खुलेर बोल्ने अवस्था नरहेको उनीहरूको भनाई छ । 

थापाले सिपाहीहरूले लगातार १२ घन्टा डिउटीमा खटाउने, फसेको टोलीलाई भए दिनमा १६ घण्टासम्म डिउटीमा हाल्ने लगायतका अमानवीय गतिविधि गर्दै आएको मिसनमा खटिएका सैनिकहरूको आरोप छ । 

सैनिक मुख्यालयबाटै मिसनमा खटिएका सैनिकको अवस्थाबारे सत्यतथ्य छानविन गरिदिन उनीहरूले माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्