काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको अडानबाट पछि नहट्ने जनाएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मुकुल ढकालले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको बताए ।
उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा भने पार्टीले निर्णय गर्ने बताएका छन् ।
उनले भने, ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन ।’














