Logo
Logo

माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै


441
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको सन्दर्भमा नेताहरुलाई जानकारी गराएका थिए । यस्तै, आजको बैठकमा पनि गृहमन्त्रीलगायत विभिन्न समसायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्