काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको छ ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।
उच्च अदालतको आदेशपछि रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघले निर्णय गरिसकेको छ । आजैदेखि सन्दीप बन्द प्रशिक्षणमा रहने भएका छन् भने आज उनीविरुद्धको निवेदनमा सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो ।














