Logo
Logo

धनगढीका सडक छेउमा सवारी पार्किङ गर्न रोक


315
Shares

अत्तरिया । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताए ।

अत्तरिया मोहना छ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो । उक्त छ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध गरिएको हो ।

‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर, सवारी दुर्घटना हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ’, जोहारीले बताए ।

अहिले ट्राफिक प्रहरी प्रमुख नयाँ आउनेबित्तिकै कैलालीका धेरै ठाउँमा ट्राफिकले सवारी जाँचमा कडाइ गर्दै आइरहेको छ । जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्न लागिएको प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्