Logo
Logo

चिनियाँ राष्ट्रपतिको विमानस्थलमा भव्य स्वागत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको विमानस्थलमा भव्य स्वागत भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नै उनलाई स्वागत गरेकी छिन् ।


त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष तथा सरकारका सबै जसो मन्त्रीहरु उनको स्वागतमा विमानस्थमाल पुगेका थिए । उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइएको छ ।


स्वागतपछि राष्ट्रपति सी विमानस्थलको बिशिष्ट कक्षमा बसेका छन् । जहाँ उनले प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्