काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन् । शुक्रबार दिउँसो तथा पूर्वमन्त्रीसमेत भुसालले चलाएको गाडी बानेश्वरस्थित सडकको डिभाइडरमा ठोक्किएको हो ।

गाडी ठोक्किएपछि उनी केहीबेर बेहोस भएको सो क्षेत्रमा खटिएका एक प्रहरीले जनाए । नेता भुसाललाई मिन भवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।