Logo
Logo

सन्दीपलाई क्याम्पमा फर्काएकोप्रति विश्वप्रकाशको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी क्रिकेर सन्दीप लामिछानेलाई खेलाउने गरी क्लोज क्याम्पमा फर्काएकोप्रति आपत्ति जनाएका छन् ।

शर्माले सामाजिक संजालमा क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का अध्यक्षसँग कुरा गरेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्– ‘क्यान अध्यक्षलाई फोनमा शोधेँ, खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’

शर्माले प्रधानमन्त्री मातहत नै खेलकुद मन्त्रालय रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि ध्यानाकर्षण गराएका छन् ।

‘कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ,’ प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘हतारको गल्ती सच्याऊ भन्नोस् ! मौनता जिम्मेवार जवाफ हुन्न ।

पूर्वकप्तान लामिछानेलाई समेट्दै क्यानले बन्द प्रशिक्षणको दोस्रो चरणमा २० खेलाडीलाई समेट्दा त्यसमा सन्दीप पनि अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्