Logo
Logo

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन् । यसअघि बिहीबार समाजवादीका नेता डा. विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला दुई पार्टी बीचको संवाद बाक्लिएको हो । माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताको गृहकार्य भएपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्