
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरू भएको छ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हाे ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ भने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ । नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
लामो समय देखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।