Logo
Logo

नेपाल–चीन सम्बन्धका ७२ वर्ष, तेस्रो पटक चिनियाँ राष्ट्रपति नेपालमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ असोज ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आएसँगै नेपाल–चीन सम्बन्धले थप उचाई लिएको छ । उनको भ्रमणलाई नेपालमा धेरै प्रतिक्षा गरिएको छ ।
छिमेकी देश भएपनि नेपालमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण भएको छ । अर्थतन्त्रको दृष्टिकोणले विश्वकै शक्तिशाली देशका राष्ट्रपतिको नेपाल भ्रमणलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।


नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७२ वर्ष भइसकेको छ । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुन्जमान सिंह र चीनका तर्फबाट राजदूत युयान जोङसियाङले हस्ताक्षर गरेका थिए । त्यसको एक वर्षपछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । चीनका तत्कालीन राष्ट्रपति ली सियान्नियानले ०४० चैत ६ देखि १० सम्म नेपाल भ्रमण गरेका थिए । त्यसको १३ वर्षपछि राष्ट्रपति जियाङ जमिनले ०५३ मंसिर १९ र २० मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले १० वर्षे कार्यकालमा नेपाल भ्रमण गरेनन् । त्यसैले चीनबाट नेपालमा राष्ट्रप्रमुखस्तरको भ्रमण २३ वर्षपछि भ्रमण भएको हो । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुन् ।

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

नेपालबाट चीन

प्रधानमन्त्री टंकप्रसाद आचार्य, १९५६ सेप्टेम्बर
प्रधानमन्त्री बिपी कोइराला, १९५६ मार्च
राजा महेन्द्र, १९६० सेप्टेम्बर
राजा वीरेन्द्र १९७३, १९७६, १९७८, १९७९, १९८२, १९८७, १९९६, २००१ (आठपटक)
प्रधानमन्त्री मरिचमान सिंह १९८९ नोभेम्बर
प्रधानमन्त्री कीर्ति्निधि विष्ट, १९७२ नोभेम्बर, १९७८ सेप्टेम्बर
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, १९९२ मार्च
प्रधानमन्त्री मनमोहन अधिकारी, १९९५ अप्रिल
प्रधानमन्त्री शेरबहादुर देउवा १९९६ अप्रिल
युवराज पारस, २००४ अगस्ट
राजा ज्ञानेन्द्र, २००५
राष्ट्रपति डा. रामवरण यादव, सन् २०१० र सन् २०१५
राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०१९
प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१६ र २०१८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन् २००९ र २०१७
प्रधानमन्त्री माधव नेपाल, सन् २०१०
प्रधानमन्त्री सुशील कोइराला सन् २०१४

चीनबाट नेपाल

प्रधानमन्त्री चाउ एन लाई, १९५७ जनवरी २५ देखि २९ र १९६० अप्रिल २६ देखि २९
राष्ट्रपति ली सियान्नियान, १९८४ मार्च १९ देखि २३
राष्ट्रपति जियाङ जमिन, १९९६ डिसेम्बर ४ र ५
प्रधानमन्त्री ली पिंग, १९८९ नोभेम्बर १९ देखि २१
प्रधानमन्त्री झु रोंग्झी, २००१ मार्च १४ देखि १६
प्रधानमन्त्री वेन जियावाओ २०१२ जनवरी १४

प्रतिक्रिया दिनुहोस्