Logo
Logo

बिपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार भाेलि टुंग्याउने



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन ।

कांग्रेसको आह्वानमा आज संसदमा प्रतिपक्षको भुमिकामा रहेका दलका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बसेका थिए । आजको बैठकमा राष्ट्रिय सभाका उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि उम्मेदवारको नाम भने टुङ्गो लागेको छैन । अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन नभएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोली बस्ने बैठकवाट नाम टुंगाइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकवाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीवाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोली(आइतबार) पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्