Logo
Logo

मन्त्री किरातीद्धारा त्रिवि विमानस्थल निरीक्षण



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् ।

गत ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा निस्किएका उनले त्यतिबेला दिइएका निर्देशन पालना भए/नभएको बुझ्न शनिबार पुनः अनुगमन गरेका हुन् ।

मन्त्री किरातीले ५ माघमा विमानस्थल अनुगमन गर्दै शौचालय सफा राख्न, आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित एवं सुरक्षित राख्न निर्देशन दिएका थिए ।

अनुगमनका क्रममा मन्त्री किरातीले विमानस्थल सुधार चित्त बुझ्दो नभएको र आफुले दिएको निर्देशन कार्यान्वयन सकेत नभएको बताएका छन् ।

उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्