Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी छ ।

ललितपुरको बालकुमारीमा केहि बेरअघि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको हो । बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्