Logo
Logo

केएमसीमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण


441
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

५० वर्षीय घलेलाई उनकै श्रीमती ४३ वर्षीया हिताकुमारीले मिर्गौला दिएकी हुन् । वैदेशिक राजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको बिदामा गत वैशाखमा नेपाल आएका थिए ।

नेपाल आएको केही समयपछि खुट्टा सुनिनेलगायत समस्या देखिएका उनको स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या देखिएपछि सिनामंगलस्थित केएमसीमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

केएमसीले धनराजबाटै पहिलोपटक मिर्गौला प्रत्यारोपण थालेको हो । अब मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतेन्द्रनाथ श्रेष्ठले बताए ।

मिर्गौला प्रत्यारोपणका लागि करिब एक दर्जन बिरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्