Logo
Logo

असन्तुष्टिपछि डिएसपीहरुको सरुवा संशोधन, मनाङ र मुगुमा नयाँ डिएसपी




काठमाडौं । नेपाल प्रहरीका डिएसपीहरुको सरुवा केही दिनमै संशोधन भएको छ । सरुवामा केही अधिकृतले असन्तुष्टि जनाएपछि शुक्रबार संशोधन गरिएको हो ।


जसअनुसार मुगुमा डिएसपी महेश बस्नेतलाई पठाइएको छ । यसअघिको सरुवामा दिपक गिरीलाई पठाइएको थियो । २०७४ सालदेखि इन्चार्ज नपाएका गिरीले यसपटक पनि दुर्गम जिल्ला पठाइएपछि असन्तुष्टि जनाएकाले सरुवा संशोधन गरिएको स्रोत बताउँछ ।


त्यस्तै, मनाङको पनि संशोधन भएको छ । यसअघि गोविन्द पन्थीको मनाङ सरुवा भएको थियो । संशोधन गरी नविनकृष्ण भन्डारीलाई पठाइएको छ ।


इप्रका इटहरीको सरुवा पनि संशोधन भएको छ । जहाँ माधव प्रसाद काफ्लेलाई पठाइएको छ । यसअघि त्यहाँ पवन भट्टराईको सरुवा भएको थियो । इप्रका पथरी मोरङमा लक्ष्मी भण्डारीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्