Logo
Logo

अरुण चौधरीलाई कारागार चलान गर्ने फैसलाविरुद्ध उच्च अदालत दिपायलमा पुनरावेदन


882
Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसलालाई बदरको माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन परेको छ । कारागार चलान गरिएका चौधरीविरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको हो ।

सांसद चौधरीका कानुन व्यवसायका अनुसार जिल्ला अदालतले फैसला गर्नुभन्दा पहिले नै अदालतले म्याद पठाउँछ । तर, म्याद पठाउँदाखेरि अरुण चौधरीका बुवा करिंगा चौधरीले बुझेको देखिएकाले म्याद नै किर्ते रहेको उनको भनाइ छ ।

अरुण चौधरीले विधिसम्मत सुनुवाइको मौका नपाएको भन्दै म्याद नै बदर गरिनुपर्ने उनको भनाइ छ । आइतबार मुद्दा पुनरावेदन भएको अवस्थामा मुद्दाको बहस सोमबार नै हुन सक्ने कानुन व्यवसायीले जनाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो । उनलाई बिहीबार बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेर कैलाली ल्याएको थियो । उनलाई अदालतले कैलाली कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्