Logo
Logo

बर्दियामा शेखर-गगन पक्षधरले छुट्टै नेविसंघ अध्यक्ष तोक्यो


504
Shares

काठमाडौं । बर्दिया जिल्लामा शेखर–गगन पक्षधरले छ्ट्टै नेपाल विद्यार्थी संघका अध्यक्ष तोकेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनबाट जिल्ला अध्यक्ष तोक्न लागेपछि त्यसअघि इतरपक्षले अर्को व्यक्ति चयन गरेको हो ।

शेखर–गगन पक्षले नेविसंघको बर्दिया जिल्ला अध्यक्षमा नगेन्द्र हमाललाई तोकेको छ । संस्थापन पक्षको निर्णयविरुद्ध शेखर–गगन पक्षले समानान्तर समिति बनाउने क्रम सुरु गरेको हो ।

अध्यक्ष शेर्पाले आफूखुसी चयन गरेको जिल्ला समितिलाई मान्यता नदिने बताए । उनले भने, ‘बर्दियामा तोकिएको जिल्ला अध्यक्षले संघको मान्यता पाउँदैनन् ।’ हालसम्म ३३ जिल्ला र ५२ क्याम्पसमा नयाँ कार्यसमिति बनेको शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्