Logo
Logo

राष्ट्रपति निर्वाचनमा सहमति गरेर अघि बढ्ने माओवादीको निर्णय


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रपति निर्वाचनमा सहमती गरी अगाडि बढ्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जाने बैठकले निर्णय गरेको हो ।

उनले एमालेसँग दूरी बढ्ने प्रश्नै नभएको बताउँदै एमालेलाई बाहिर राखेर केही नयाँ गर्न नखोजे बताए । उनले भने, ‘उहाँहरूसँगै सहमति गरौं भनेका हौं । एमाले–कांग्रेस जस्ता पार्टीसँग मिलेर सहमति गरेर जाऔं । संविधानलाई अगाडि बढाऔं भन्दा एमालेलाई चिढ्याउनुपर्ने केही कारण छैन ।’

प्रतिक्रिया दिनुहोस्