काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको छ । अध्यक्ष नेपालले शनिबार केन्द्रीय कमिटीको पाँचौ बैठकमा २५ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठक भोलिसम्म चल्ने छ । समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार छलफलको क्रम जारी रहेकाले बैठक भोलिसम्म चल्ने भएको हो । आइतबार छलफल समूहका निष्कर्षहरु बैठकमा प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।














