Logo
Logo

रविलाई फेरि गृहमन्त्री बनाउने ‘महाअभियान’ चलाएको भन्दै भीम रावलको आपत्ति


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए ।

उलने भने, ‘आज मन्त्रीहरु हेरौँ त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ, निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्