काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले बिपरित सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका छन् ।
शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ‘द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक बिमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा बिपरित सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरु एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका हुन् ।

उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे । रावलले बिपरित सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहि पनि नदेखिएको उल्लेख गरे ।
नीजि बिद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरे । पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रा देखि संघर्षका बिषयहरु उल्लेख गरिएको छ ।














