Logo
Logo

चिनियाँ राष्ट्रपतिसँग नेकपाका नेताहरुको सामूहिक भेट


- दृष्टि न्युज/संवाददाता


काठमाण्डौं, २६ असोज ।
नेपाल भ्रमणका आएका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता गरेका छन् ।

 

होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा सचिवालय सदस्य र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच सामूहिक भेटवार्ता भएको हो । भेटमा दुवै देशका कम्युनिष्ट पार्टीकाबीच आपसी सहकार्य र हितका विषयमा कुराकानी भएको छ ।
भेटमा नेकपा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, बामदेव गौतम, विष्णु पौडेल सहभागि थिए ।
सामूहिक भेटवार्तापछि सी र प्रचण्डबीच पनि एक्ला–एक्लै वार्ता हुँदै छ । त्यसपछि प्रधानमन्त्रीसँग भेटवार्ता हुने र लगत्तै द्विपक्षीय सम्झौता हुने कार्यक्रम छ । शनिबार २ दिने नेपाल भ्रमणमा आएका सी आइतबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्