Logo
Logo

कांग्रेसले राष्ट्रपतिका लागि र्‍याल काढ्नु स्वभाविक हो : डा बाबुराम भट्टराई



पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि आफूले रोइकराई नगर्ने बताएका छन् । शनिबार पार्टीको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको जनवर्गीय सङ्गठनहरूको भेलालाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

फाइल फोटो

डा भट्टराईले भने, ‘मैले पदका लागि कहिल्यै रोइकराइ गरिनँ । हिजो प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको होइन । परिस्थितिले बनायो बनियो । अहिले राष्ट्रपति भएछ भने ठिकै छ, भएन छ भने रोइकराई गर्ने मेरो स्वभाव पनि छैन ।’ उनले राष्ट्रपतिमा ३ वटा सम्भावना रहेको समेत बताए ।

उनले कांग्रेसले ठूलो पार्टी भएकाले र्‍याल काढ्नु स्वभाविक भएको बताउँदै भने, ‘एमालेले त पहिले प्रधानमन्त्री बनाउने बेलामा नै हामीले राष्ट्रपति भन्या हो भनेर ओलीजी बोलिराख्नुभएको छ ।’

उनले राष्ट्रपति भनेको देशको साझा संविधानको रक्षक भएकाले हिमाल, पहाड, तराई सबै जनता र राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्