Logo
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘निर्णायक’ बैठक आज, सरकारबाट बाहिरिएला ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । हिजो शनिबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज बिहान साढे ११ बजे पुनः बस्न लागेको हो ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको दुई दिने अल्टिमेटम हिजो शनिबारनै सकिएको छ ।
हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको थियो ।

आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय गर्ने छ । पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखेका छन्।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन र सरकारमै रहन प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्