Logo
Logo

पाँच जनाको हत्या मुद्दामा फरार कांग्रेसका सांसद पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज ।

हत्या मुद्दामा फरार रौटहट क्षेत्र नं २ बाट निर्वा्चित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।

२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो। बम बिष्फोटमा घाइते भएकाहरुलाई इट्टाभट्टामा हत्या गरिएको थियो । सोही पुरानो मुद्दामा उनी पक्राउ परेका हुन् ।
रौतहटका एसपी भुपेन्द्र खत्रीले आलम पक्राउ परेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्