Logo
Logo

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन



काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

जबराको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६:३० बजे निधन भएको उनको पारिवारीक स्रोतले जानकारी दिए । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा समेत क्रियाशील थिए ।

उनको ९५ वर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्