Logo
Logo

बागमती प्रदेशसभा बैठक बस्दै



हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो ।

प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्नेछ ।

आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसूची रहेको उनको भनाई छ ।

यस अघिको प्रदेशसभा बैठकले अनुमोदन गरेको प्रदेशसभा नियमावली संशोधन गरी संसदीय समितिको कार्य क्षेत्र निर्धारण गर्ने, संसद्बाट स्वीकृत भइसकेको ५ वटा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयकको विषयमाथि छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्