काठमाडौं, २६ असोज ।
नेपाल र चीनको प्रतिनिधिमण्डलबीच आइतबार उच्चस्तरीय द्विपक्षीय वार्ता सुरु भएको छ।

होटेल सोल्टीमा सुरु भएको बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राष्ट्रपति सी चीनपिङले नेतृत्व गरेका छन् । ैठको सुरुमा दुवै जनाले सम्बोधन गरेका छन् ।
द्विपक्षीय वार्ता सकिएपछि दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछन्। दुई देशका प्रतिनिधिमण्डल बीचको वार्तामा हुने सम्झौतालाई निकै चासोका साथ हेरिएको छ। जसमा सुरुङमार्गदेखि एक दर्जन पूर्वाधार निर्माणका योजना छन् ।












