Logo
Logo

स्वत: विजयी घोषितकाे माग गर्न आयोग जाँदै उमेश श्रेष्ठ



काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नं २ बाट स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेता श्रेष्ठले आफुलाई विजयी घोषणा गर्न माग गर्दै निवेदन दिने भएका हुन् ।

श्रेष्ठले आइतबार विहान ११:३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ । यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

चितवन २ बाट लामिछानेले ४९ हजार २६४ भोट प्राप्त गर्दै विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए ।

लामिछानेको नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएपछि लामिछानेको उम्मेदवारी नै अवैध ठहर भएकोले उनको उम्मेदवारी रद्ध गरी दोस्रो धेरै मत प्राप्त गरेको हिसाबले आफू विजयी हुनुपर्ने श्रेष्ठले जनाएका छन् ।

रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नगरिकता सम्बन्धि मुद्धामा माग १३ गतेको सर्वोच्च अदालतको फैसलासँगै पार्टी सभापति एवं सांसद र मन्त्री पद गुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्