Logo
Logo

रविले भने- सीधा कुरा नगरेको धेरै भएछ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले विषेश पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रविले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।’

आफूले सीधा कुरा नगरेको धेरै भएको भन्दै उनले आफ्नो पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोधसमेत गरेका छन् । ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्