Logo
Logo

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध !



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने भएका छन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेसँगै भाेलि हुने राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा अर्याल निर्विरोध हुने देखिएको हो ।

यसअघि नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएको थियो । तर, आइतबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी समिति सदस्यसमेत रहेकी अर्याललाई एमालेलगायतको सर्मथन रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना एमालेबाट भएकाले उसले उपाध्यक्षमा माओवादीलाई सघाउने भएको हो । उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्