Logo
Logo

रास्वपाको निर्णायक बैठक जारी


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति र संसदीय समिति बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

पार्टी सभापति रवि लामिछानेले आजको पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन् । साथै, उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन् ।

यसअघि शनिरबा राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो । सरकारबारे ठोस निर्णय लिनु अघि सभापति लामिछानेले आज (आइतबार) बिहान रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गरेका थिए ।

गृह मन्त्रालय पाउनपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ ।

शनिबार राति बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा राष्ट्रपति निर्वाचन र उपनिर्वाचनको मिति घोषणा नभएसम्म सरकार छाड्न नहुने ब्रिफिङ सभापति लामिछानेले गरेका थिए ।

आज प्रधानमन्त्रीसँगको भेटपछि बसेको बैठक र सभापति लामिछानेको पत्रकार सम्मेलनलाई विशेष चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्