
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । आइतबार आयोग पुगेर उनले चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहेका थिए ।
तर, १३ माघमा सर्वोच्च अदालतले रविको नागरिकता अवैध गठर गरेपछि उनी मन्त्री र सांसद पदबाट मुक्त भएका थिए । रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छन् ।
जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आयोगमा आफू गएको उनले बताए ।














