Logo
Logo

युवती राखेर वेश्यावृत्ति धन्दा चलाएको आरोपमा होटल सञ्चालक पक्राउ




दाङ, २९ पुस । वेश्वावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

युवतीहरू राखी ललाई फकाइ एवं करकापमा पारी जवरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचना जाहेरीका आधारमा छापा मार्दा तुलसीपुर १४ घर भई हाल तुलसीपुर ५ न्यूरोडस्थित न्यू फूलवारी होटल संचालन गरी वस्ने थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीका अनुसार उक्त होटल शनिबार खानत लासी गर्ने क्रममा थप १ जना पीडित महिलालाई उद्धार समेत गरिएको छ। उनीहरूलाई मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी डिएसपी शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्