Logo
Logo

ओलीको राजीनामा नमाग्ने सहमति, सचिवालयमा साझा प्रतिवेदन


1.1k
Shares

काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यादलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यदल बैठकले नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले अलग अलग तयार तीन पारेको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर सचिवालयमा पठाउने निर्णय गरेको हो ।

गत फागुनमा सम्पन्न चुनावी नतिजालाई लिएर कार्यदलमा अध्यक्ष केपी ओलीले मार्ग प्रशस्त गर्ने कि नगर्ने भन्ने मुद्दा पेचिलो बनेको थियो । तर, आज बसेको कार्यदलको बैठकले तीन प्रतिवेदनलाई साझा बनाएर सचिवालयमा पठाउने र त्यसमा अध्यक्ष केपी ओलीको राजीनामा नमाग्ने सहमति जुटेको सचिव महेश बस्नेतको दाबी छ ।

अब उक्त साझा प्रतिवेदन आजै तीन बजे बस्ने पार्टी सचिवालय बैठकमा पेस हुने र भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लगिने बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्