काठमाडौं, २६ असोज ।
दुई दिने राजकिय नेपाल भ्रंमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाई गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बिदाई गरेका हुन् । बिदाईका क्रममा नेपाली सेनाले उनलाई सलामी दिएको थियो ।
दुई दिने नेपाल भ्रमणमा शनिबार आएका सीले बिशिष्ट व्यक्तिहरुसँग भेट गरेका थिए । भ्रमणका अवसरमा दुई देशबीच २० वटा समझदारी भएका छन् । भ्रमण निकै सफल भएको कुटनीतिज्ञहरुले बताएका छन् ।
२३ वर्षपछि चीनबाट नेपालमा राष्ट्रपतिको भ्रमण भएको हो ।