Logo
Logo

सांसद तेजुलाल चौधरीको प्रश्न- जातिय आधारमा थारुहरूको भावनामाथि किन दमन ?


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले जातिय आधारमा सरकारले थारुहरूको भावनामाथि दमन गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले टिकापुर घटनामा दोषी ठहरिएका थारुहरूको रिहाइको माग गरे ।

उनले भने, ‘थारुहरूको भावनामाथि सरकारले किन दमन गरिरहेको छ ? टिकापुर घटना नेपालमा राजनीतिक आन्दोलनका घटनाहरूमध्ये त्यस्तो ठूलो घटना होइन । थुप्रै घटनाहरु देखेका छौँ, बसमा गुडिरहेका ५० औं यात्रीलाई बमले उडाइएको छ । त्यस्तो घटनामा दोषीले उन्मुक्ति पाउने, अनि थारुहरूले आफ्नो पहिचानको लागि संघर्ष गर्दा उनीहरूलाई दमन गर्ने ?’

टिकापुर घटनामा आधारित भएर सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी स्थापना भइ स्थानीय जनताबाट मनादेशसमेत पाइसकेको अवस्थामा सरकारले टिकापुर घटनामा अभियुक्तहरूमाथि लगाइएको अभियोग फिर्ता हुनुपर्ने माग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्