काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलको साझा उम्मेदवार अर्यालका प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।

यसअघि नै नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यसैले अर्याल निर्विरोध हुने सम्भावना छ ।














