Logo
Logo

वामदेवले एमाले, माओवादी र समाजवादीसँग एकता वार्ता गर्ने


819
Shares

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले ठूला तीन कम्युनिष्ट पार्टीहरुसँग एकता वार्ता गर्ने भएको छ ।

पार्टी स्थायी कमिटीको शनिबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले यस्तो निर्णय लिएको अध्यक्ष वामदेव गौतमले बताएका छन् ।

‘नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरुसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउनेु, गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरि आफ्नो पार्टीलाई सुददृढ गर्न अभियानमा लाग्ने ।’

बैठकले वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने पनि निर्णय गरेको छ । स्थायी कमिटी बैठकका निर्णय अनुमोदन र कर्यान्वयनका लागि केन्द्रीय कमिटी तेस्रो बैठक आगामी फागुन ६ देखि ८ गतेसम्म बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्