Logo
Logo

राष्ट्रपतिले दुवै संसदमा संवोधन गर्ने


567
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएका छन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्